Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कोलबुङमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो
सोमवार, मंसिर ४, २०८०
इलाम । रोङ गाउँपालिका- ३ कोलबुङस्थित मेची राजमार्गमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । आज बिहान ९ बजेतिर बीएण्डसी हस्पिटलमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ६० वर्षीया शान्तामाया तामाङ रहेकी छन् । यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अड्किएका थिए ।घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए ।