शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडबाट बेपत्ता २ बालिका ६ घण्टापछि फेला

बुधवार, मंसिर ६, २०८०

झापाको बिर्तामोडबाट बुधवार बिहान बेपत्ता भएका दुई बालिका ६ घण्टापछि फेला परेका छन् । बिहान ११ बजेबाट सम्पर्कविहीन भएका दुई बालिकालाई साँझ पाँच बजे फेला पारेको बुबा निशान निरौलाले जानकारी दिनुभयो ।

बिर्तामोड-५ लालीगुराँस टोलका दुई बालिका बिहान ११ बजेदेखि परिवारको सम्पर्कभन्दा बाहिर पुगेपछि परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएका थिए । सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका थिए ।
बुबा निरौलाले बच्चाहरूलाई स्थानीय सोधिखोजी गर्दागर्दै आफन्तले नै देखेर सम्पर्क गरेको बताउनु भयो ।उनीहरुलाई परिवारले मनकामना कलेजदेखि ४ सय मिटर दक्षिणमा फेला पोरेका हुन् ।
आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचना मार्फत उनीहरूको खोजीमा सघाउन आग्रह गरेको थियो ।

 
सम्बन्धित खबर