Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगरअस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरु
बुधवार, मंसिर ६, २०८०
बिर्तामोड नगरअस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो ।
शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँले स्त्री तथा प्रसुती रोग सम्बन्धीका सबै रोगहरु विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताउनु भयो ।
नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा. अधिकारीले जानकारी दिनु भयो ।
नगरपालिकाले आवश्यक पूर्वाधार थप गरि क्रमश सेवा विस्तार गरिरहेको छ । अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य विमा सेवा लगायत यसअघि देखि नै सञ्चालनमा छ ।
यसैगरी सहुलियत दरमा एक्स-रे, भिडियो एक्स-रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवासमेत उपलब्ध छन् ।
नगरअस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भईरहेको छ । नगरअस्पताल सुविधासम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजि अस्पतालमा गएर महंगो मुल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको छ ।