Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा लिगमा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ, आज हल्दीबारीसंग खेल्ने
बिहिवार, मंसिर ७, २०८०
बिर्तामोड । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग)मा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ गरिएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले खादा लगाएर विदाइ गर्नु भयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन शुभकामना दिनुभयो । नगरपालिकाले खेलाडीहरुलाई सिमित स्रोत साधनमा भएपनि सहयोग तथा प्रोत्साहन गरिरहेको बताउनु भयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले प्रतियोगिता प्रतिष्ठाको विषय भएकोले जितेर आउन खेलाडीहरुलाइ शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा टिम क्याप्टेन विक्की चौधरी र प्रशिक्षक योगेश गुरुंगलाई नगर प्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जर्सी हस्तान्तरण गर्नु भयो ।विदाई कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिकी उपाध्यक्ष आइतमाया शेर्माले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव विसन लिम्बुले सन्चालन गर्नु भएको थियो ।