Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
रबर उद्योगमा भएको आगलागीबाट करिब ३५ लाख रुपैंया बराबरको क्षति
शुक्रवार, मंसिर ८, २०८०
धुलाबारी । मेचीनगर नगरपालिका–१२ स्थित शान्तिराम चिमरियाको रबर उद्योगमा आज विहान आगलागी भएको छ ।
रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट हुँदा उद्योमा आगलागी भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उद्योगमा आगलागीबाट करिब रु ३५ लाख बराबरको क्षति भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विहान ९ बजे भएको आगलागीबाट उद्योगमा तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको छ । हाल आगलागी मेचीनगर नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आइसकेको छ । चिमरियाले धाइजन पशुपालन तथा रबर उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।
गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा पनि आज विहानै आगलागी भएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सलिएको आगोका कारण एउटा बाछी जलेर मरेको छ भने एउटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।