शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

रबर उद्योगमा भएको आगलागीबाट करिब ३५ लाख रुपैंया बराबरको क्षति

शुक्रवार, मंसिर ८, २०८०

धुलाबारी । मेचीनगर नगरपालिका–१२ स्थित शान्तिराम चिमरियाको रबर उद्योगमा आज विहान आगलागी भएको छ ।

रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट हुँदा उद्योमा आगलागी भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उद्योगमा आगलागीबाट करिब रु ३५ लाख बराबरको क्षति भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

विहान ९ बजे भएको आगलागीबाट उद्योगमा तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको छ । हाल आगलागी मेचीनगर नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आइसकेको छ । चिमरियाले धाइजन पशुपालन तथा रबर उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।

गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा पनि आज विहानै आगलागी भएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सलिएको आगोका कारण एउटा बाछी जलेर मरेको छ भने एउटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर