शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा २ जनाविरूद्ध मुद्दा दर्ता

शुक्रवार, मंसिर ८, २०८०

जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताउनु भयो ।
दाहालका अनुसार रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर भएको हो।
खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै दर्ता गरी एकल महिला भत्ता लिएको आरोप छ।

यता वडा सचिवले उक्त भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए। मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको आरोप उनीमाथि छ।

यसरी भत्ता लिइरहेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान गरी दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो । एकल महिला भत्ताबाट खत्रीले ४५ हजार दुई २० रुपैयाँ लिएको पाइएको छ। अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ।

सम्बन्धित खबर