शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

शनिवार, मंसिर ९, २०८०

बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ ।
पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो।

सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुग्नु भएको थियो । आज (शनिबार) मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो ।

शाहको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गर्नु भएन ।पूर्वराजासंगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि सहभागि थिए ।

शाहको आगमनमा राप्रपाले शक्ति प्रदर्शन गर्ने योजनाकासाथ प्रदेश भरबाट कार्यकर्ता भेला गरेको थियो । समर्थकहरुले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेपनि ज्ञानेन्द्र शाहको अनुहारमा भने कान्ति देखिएन । पूर्वराजा शाहले करिब १ घण्टाको समय कलेजका विद्यार्थीहरुले देखाएको नृत्य हेरेर विताउनु भयो ।

सम्बन्धित खबर