Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण
शनिवार, मंसिर ९, २०८०
बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ ।
पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो।
सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुग्नु भएको थियो । आज (शनिबार) मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो ।
शाहको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गर्नु भएन ।पूर्वराजासंगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि सहभागि थिए ।
शाहको आगमनमा राप्रपाले शक्ति प्रदर्शन गर्ने योजनाकासाथ प्रदेश भरबाट कार्यकर्ता भेला गरेको थियो । समर्थकहरुले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेपनि ज्ञानेन्द्र शाहको अनुहारमा भने कान्ति देखिएन । पूर्वराजा शाहले करिब १ घण्टाको समय कलेजका विद्यार्थीहरुले देखाएको नृत्य हेरेर विताउनु भयो ।