Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इकम कलेजले हटायो ‘श्री ५ महाराजधिराज’ लेखेको शिलालेख
सोमवार, मंसिर ११, २०८०
बिर्तामोड । झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकसँगैको शिलालेख हटाईएको छ ।
शिलालेखमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर उल्लेख गरिएपछि विवादित बनेको थियो । विवाद बढेपछि ‘श्री ५’ लेखेको शिलालेख हटाएर अर्को बनाउन अर्डर गरिएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले जानकारी दिनुभयो।
नेपाल सरकारको नीति नियमबमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि शिलालेखमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको भन्दै विरोध बढेको थियो । कलेजले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्म्याटअनुसार शिलालेख तयार गरिएको बताएको थियो ।झापाका सीडीओ शिवराम पोखरेलले हुँदै नभएको पद लेख्न नपाइने भन्दै तत्कालै मेटाउन लगाइने बताउनु भएको थियो ।