शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाजद्वारा ओभरसुट

सोमवार, मंसिर ११, २०८०

झापा । धावनमार्गमा स्याल देखिएपछि भद्रपुर चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाजले ओभरसुट गरेको छ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको जनाइएको छ ।यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।

सम्बन्धित खबर