Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा निर्माण सम्पन्न
मङ्गलवार, मंसिर १२, २०८०
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ।
हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ। डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको छ। यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको ४०० मिटर, तेली खोलाको ३०० मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन्।
खकुरेलका अनुसार कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झञ्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ। खकुरेलले बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको जानकारी दिनुभयो ।
१० अर्ब १३ करोड रुपैयाँ लागतमा १३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड रुपैयाँ बाँकी छ।
सरकारले चालु आर्थिक वर्षमासो राजमार्गका लागि ५० करोड मात्र बजेट विनियोजन गरेको छ। सो बजेटबमोजिमको निर्माण कार्य सकिएकाले हाल सरकारलाई पत्र पठाएर थप बजेटका पहल गरिरहेको जनाइएको छ ।