मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सोमबारदेखि सुरु भयो ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा’

मङ्गलवार, मंसिर १२, २०८०

बिर्तामोड । स्वीकारोक्ति फाउन्डेशनले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ शुरु गरेको छ । झापाको बेलडाँगीबाट फाउण्डेशनले सोमबार देखि शान्ति यात्रा शुरु गरेको हो ।

बेलडाँगीमा विभिन्न स्रष्टाका पाँच पुस्तक विमोचन, विद्यार्थीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । फाउण्डेशनको ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सत्भाव फैलाउने उद्देश्यका साथ स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ शुरु गरिएको फाउण्डेशनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिनुभयो। विश्व शान्ति यात्रा अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धी विभिन्न कार्यक्रम गरिने छ ।


‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर विगत ११ वर्षदेखिे निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको रुपमा फाण्डेशनले कार्यक्रम गर्दै आएको फाउण्डेशनका अध्यक्ष राईले बताउनु भयो । यात्रामा विभिन्न स्थानमा वृक्ष रोपण, अनुदान, बहस, छलफल र विद्यार्थीसँग कार्यशाला गोष्ठी समेत गरिनेछ ।

कार्यक्रम अन्तरगत झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको आसामको गुहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा आगामी मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुइदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने ग्लोबल टुरका को–अडिनेटर अर्जुन उप्रेतीले जानकारी दिनुभयो। अभियानका रुपमा शुरु भएको स्वीकारोक्ति हाल दर्शनको रुपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।

सोही क्रममा झापाको बिर्तामोडमा मंसिर १४ गते यहाँका ५० भन्दा बढी विद्यालयका ३०० बढी विद्यार्थीसँग अन्तरक्रिया, गीत–संगीत क्षेत्रका एक स्रष्टालाई सम्मान गरिनुका साथै ‘ग्रीन नाइट’ कार्यक्रम समेत गरिने जनाइएको छ ।
त्यस्तै, यात्राका क्रममा नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई छ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति सिध्दि पुरस्कार’ समर्पण गरिने कार्यक्रम को–अर्डिनेटर कर्ण गुरुङले जानकारी दिनुभयो। यसअघि, स्वीकारोक्ति विश्व यात्रा २०२३ को यात्रामा वातवरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एक सयभन्दा बढी साइकल यात्रीद्वारा काठमाडौँको विभिन्न स्थानमा परिक्रमा गरिएको छ भने सडक पेटीमा रहेका १३० जना असहायलाई खाना समेत वितरण गरिएको छ ।

समापनको अवसरमा काठमाडौँमा हुने दुइदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री श्रीपुष्पकमल दाहालको प्रमुख आतिथ्य रहेन समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

फाउण्डेशनले शान्ति यात्रा अन्तरगत २०२३ मा नेपाल र भारका विभिन्न स्थानको भ्रमण गर्ने छ भने २०२४ मा अमेरिका र क्यानाडा र २०२५ मा युरोपका १० वटा देशको भ्रमण गर्ने कार्यक्रम तय भइसकेको जनाइएको छ ।

सम्बन्धित खबर