शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको गौरादहमा पिकअप र सिटी सफारी ठोक्किँदा एक जनाको मृत्यु , तीन जना घाइते

मङ्गलवार, मंसिर १२, २०८०

झापाको गौरादहमा पिकअप र सिटी सफारी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । 

गौरादह नगरपालिकास्थित कार्की चोकमा मंगलबार बेल्ला पानीको अस्थायी नम्बर ना.अ.प.स. २५३ नम्बरको पिकअप (रिफर भ्यान) र गौरादह नगरपालिका ई ५३ नम्बरको सिटी सफारी एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी सिटी चालक गौरादह- २ निवासी अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा सिटीमा सवार गौरादह- ३ निवासी ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन् । त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर