Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
झापाको गौरादहमा पिकअप र सिटी सफारी ठोक्किँदा एक जनाको मृत्यु , तीन जना घाइते
मङ्गलवार, मंसिर १२, २०८०
झापाको गौरादहमा पिकअप र सिटी सफारी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
गौरादह नगरपालिकास्थित कार्की चोकमा मंगलबार बेल्ला पानीको अस्थायी नम्बर ना.अ.प.स. २५३ नम्बरको पिकअप (रिफर भ्यान) र गौरादह नगरपालिका ई ५३ नम्बरको सिटी सफारी एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी सिटी चालक गौरादह- २ निवासी अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा सिटीमा सवार गौरादह- ३ निवासी ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन् । त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।