शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा एमाले अध्यक्ष ओलीद्वारा शुभारम्भ

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प यात्रा भएको बताउनुभएको छ ।
बिहीबार बिहान बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा शुभारम्भ गर्दै ओलीले झुलाघाटबाट सुरु गरिएको यात्रा पूर्वको चिवाभञ्ज्याङमा पुगेर पुस १ गते टुङ्गिने बताउनुभयो । ओलीले यात्रामा सारा नेपालीको खुसीयाली र साथ सहयोग देखेर आफूलाई खुसी लागेको बताउनुभयो ।
पार्टीका सबै नेता तथा जनवर्गिय संगठनका नेता लगायतले आफ्नो ठाउँमा सक्रिय भूमिका निर्वाह गर्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैलाई आफ्नो ठाउँमा भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।
अहिलेको सरकारको अकर्मण्यता, देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक बन्दै गएको राजनीति सबै कुरालाई सही बाटोमा ल्याउन यात्राले चिन्तन, मननदेखि व्यवहारिक योजना निर्माण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सो यात्रा परिस्थिति सम्बन्धी जानकारी र आमजनताको राष्ट्रिय शक्ति निर्माणको लागि जागरण अभियान भएको उहाँले बताउनुभयो ।
यात्राले देशको विकास, सुशासन र समृद्धिको पक्षमा यात्राले महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँले विश्वास गर्नुभयो । परिस्थितिको सकारात्मक परिवर्तनको शक्ति आर्जन गर्न जनताको बिचमा आएको उहाँले बताउनुभयो । जनताको शक्तिले मात्र सकारात्मक परिवर्तन गर्न सकिने ओलीले प्रष्ट पार्नुभयो ।

सम्बन्धित खबर