शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापामा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यू

बिहिवार, मंसिर १४, २०८०

बिर्तामोड । मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यू भएको छ ।आज साँझ झापा शिवसताक्षी न.पा. १० पूर्व पश्चिम राजमार्गमा पूर्व तर्फ जादै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यू भएको झापा प्रहरीले जनाएको छ ।

पूर्वतर्फ हिड्दै गरेका पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा तत्काल नाम थर नखुलेको पुरुष गम्भीर घाइते भई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा पैदल यात्रीको साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका अनुसार मोटरसाइकल चालक कमल गाउँपालिका १ बस्ने २० वर्षीय सागर तामाङलाई ईप्रका झिलझिलेमा राखिएको छ । दुर्घटना मृत्यू हुने व्यक्तिको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर