शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

जंगली हात्तीको आक्रमणमा वन चौकीदारको मृत्यु

शुक्रवार, मंसिर १५, २०८०

झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी अन्दाजी ५० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिनुभयो ।

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् ।शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रहरी निरीक्षक गिरीले बताउनु भयो ।

उनको शव स्थानीयले बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए ।त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर