Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी सम्मानित
शुक्रवार, मंसिर १५, २०८०
झापा । बिर्तामोडबाट प्रकाशन हुने शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी सम्मानित हुनु भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखा सदस्य समेत रहनु भएका पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार सम्मान गरेको हो ।
१५ औं वार्षिक साधारण सभाको अवसरमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले पत्रकार पुरीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित पुरस्कृत गर्नु भयो । सहकारी संस्थाका अध्यक्ष युवराज गिरीले पत्रकार पुरीलाई नगद प्रदान गर्नु भयो । सहकारी क्षेत्रको विकासमा पुरीले उल्लेखनीय योगदान गरेकाले वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताउनु भयो ।
जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, बचतकर्ता चन्द्रवहादुर कटुवाल, रामवाबु सहनीलाई नगदसहित सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीका रुपमा साकोसकी कर्मचारी कुमारी घोर्साई दासलाई नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला बचत संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड साना सहकारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोला लगायतले शुभकामना मन्तव्य राखेका छन् ।