झापा । बिर्तामोड नगरपालिका ६ मा आयोजना गरिएको आंखा स्वास्थ्य शिविरमा ४ सय ३० जनाले सेवा लिएका छन् ।
सुगम महिला नौमती बाजा सांस्कृतिक समूहले आयोजना गरेको यस शिविरमा ३० जना आंखाका रोगीलाई थप उपचार तथा अप्रेसनको लागि मेची आंखा अस्पताल पठाइएको छ ।
समूहले नौमती बाजा प्रशिक्षण समापन कार्यक्रमको अवसरमा शिविरको आयोजना गरेको हो । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सन्चालित शिविरमा मेची आंखा अस्पतालको प्राविधिक सहयोग रहेको गोपाल लोकान्द्रीले जानकारी दिनु भयो ।बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सुर्य प्रसाद कन्दङ्वा, एमाले नेता वद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, कञ्चनजङ्घा वोर्डिङ स्कूलका प्रमुख गुरुभक्त न्यौपाने , इन्द्रचन्द्र क्याम्पस प्रमुख प्रकाश दाहाल, मेची आंखा अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरिया लगायतको सहभागिता रहेको थियो ।
सुधा आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन उपसचिव चन्द्रा भट्टराईले गर्नु भएको थियो ।