बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

मदिरा विक्री वितरणमा नियमन गर्नु पर्नेमा सरोकारवालाहरुको जोड

आइतवार, मंसिर १७, २०८०

बिर्तामोड । मदिराका कारण समाजमा विकृति मौलाइरहेकोले त्यसको नियमनका लागि सबैले ध्यान दिनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । मदिराका कारण मौलाइरहेको विकृतिले समाज नै गलत बाटोमा गइरहेको अधिकांशको भनाई थियो ।

मदिराको नियमन तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा अधिकांशले समाजमा भइरहेका अधिकांश अपराधका घटनाको जड मद्यपान भएको बताए । आज बिर्तामोड नगरपालिका, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा भएको अन्तरक्रियामा अधिकांशले नियन्त्रण संभावना नभए पनि व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले मदिराका कारण एउटा परिवारलाई मात्र नभई सिंगो राष्ट्रलाई क्षति भइरहेको बताउनु भयो। उहांले मदिराले एउटा व्यक्ति विग्रिदा त्यसको क्षति राष्ट्रलाई पनि हुने धारणा राख्नु भयो । मदिराका कारण धेरै परिवारमा समस्या भएको, अपराधजन्य घटनामा वृद्धि भइरहेकोले व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उहांको भनाई थियो ।
नगर प्रमुख प्रसाईले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँगै आम नागरिकको सक्रियताबाट मदिराको विक्री वितरणको व्यवस्थापन गर्न सकिने स्पष्ट पार्नुभयो ।

जिल्ला समन्वय समिति झापाको उपप्रमुख शान्ता रोक्काले मदिराका कारण समाज अप्ठ्यारो अवस्थामा पुगेको बताउनु भयो ।मदिरा, लागुऔषधका कारण समाज विकराल अवस्थामा पुगेको उहांको भनाई थियो ।यस्तै, अन्तरक्रियामा व्यवसायीहरु पार्वता विमली, ओमकृष्ण विमली, प्रेमा भट्टराई लगायतले इजाजत नभएकाहरुलाई विक्री गर्न नदिए व्यवस्थापनमा सहज हुने धारणा राख्नु भयो ।

इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्कीले आम नागरिक जवाफदेही भए धेरै सुधार ल्याउन सकिने बताउनु भयो । प्रहरीको मात्रै काम हो भन्ने बुझाईका कारण समस्याहरु निराकरण गर्न सहज नभएको उहांको भनाई थियो । नागरिक र प्रहरी साझेदारीमा मदिरा विक्रीको व्यवस्थापन गर्न सकिने कार्कीको धारणा थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका विश्वनाथ श्रेष्ठले नागरिकको सचेतनास्तरमा सुधार ल्याउनुपर्ने बताउनु भयो। नागरिक र स्वास्थ्य संस्थाको सक्रियाताबाट मदिरजन्य विकृतिमा सुधार ल्याउन सकिने उहांको भनाई थियो ।

अन्तरक्रियामा उपभोक्ता हित संरक्षण मञ्चका केन्दीय सचिव हरि प्रसाद मैनालीले बिर्तामोडको अवस्था र आगामी कार्ययोजनाका बारेमा प्रष्ट्याउनु भयो ।उहांले मदिराको व्यापार सम्बन्धी अध्ययन बारे जानकारी गराउदैं बिर्तामोडमा अस्तव्यस्त रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा २०८०–८५ का लागि प्रस्तावित कार्ययोजना समेत प्रस्तुत गरेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य याम विमलीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर