शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको कमल गाउँपालिका भित्रका कुनै पनि विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नपाइने

आइतवार, मंसिर १७, २०८०

झापाको कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा राजनीतिक दलसंग सम्बन्धित कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

पालिकाको शिक्षा समितिको आज सम्पन्न बैठकले विद्यालय हाता भित्र राजनीतिक दलका गतिविधिमा निषेध लगायत विभिन्न शैक्षिक विषयमा छ बुँदे निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार निर्माण तथा मर्मततर्फ सिसी क्यामेरा जडान,सबै बिद्यालयमा एकैखालको रङरोगन,शौचालय निर्माण तथा मर्मत,छानो मर्मत तथा कक्षा कोठा मर्मत लगायतको लागि बिनियोजन भएको बजेट प्राथमिकरण गरि प्राबिधिक लागत अनुमान प्रतिवेदन पेश गर्ने , बिद्यालयको बिद्युत तथा खानेपानीको सामान्य मर्मत गर्न लाग्ने खर्चलाई मितव्यायी बनाउन बिद्यालय कर्मचारीहरुलाइ आधारभुत तालिम दिने उल्लेख छ ।

यसैगरि, आधारभुत तह र माध्यमिक तहका लागि दुईजना घुम्ती नृत्य प्रशिक्षकको छनौट गर्ने, मदन आश्रित क्याम्पसका लागि शिक्षक व्यवस्थापन अनुदान निरन्तरता दिन कार्यपालिकालाई अनुरोध गर्ने र नीजि बिद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको उल्लेख छ ।

यसअघि गत बैशाखमा काठमाडौं महानगरले महानगर भित्रका बिद्यालयमा राजनीतिक कार्यक्रमहरुमाथी प्रतिबन्ध लगाउँदै सो निर्देशन पालना नगर्ने नगराउनेमाथी कारवाहीको निर्देशन समेत दिएको थियो ।

सम्बन्धित खबर