Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मेचीनगरमा दुईवटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा १ जनाको मृत्यु २ घाइते
सोमवार, मंसिर १८, २०८०
झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ मा आइतबार राती साढे ११ बजेको समयमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फुलवासा पुलमा गएर ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका- ३ का २० वर्षीय मनिस बास्कोटालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अर्को मोटरसाइकल चालक झापा गाउँपालिका- ३ का २० वर्षीय सौरव बास्कोटा र सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय सुमन पौडेल घाइते भएका छन् । बास्कोटाको बीएण्डसी अस्पताल र पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टाले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।