Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
सोमवार, मंसिर १८, २०८०
मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ ।
सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । माझीको शव बिहान १०:३० बजेतिर जंगलमा फेला परेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बाटो हिँड्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको हुनसक्ने बुझाइ छ ।
बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले टिपेर जंगलतर्फ फ्यालिदिएको हुनसक्ने प्रहरीले जनाएको छ ।