शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाका ३ सय १७ वटा सीमा पिलरको मर्मत सम्भार तथा रंगरोगन गरिने

सोमवार, मंसिर १८, २०८०

पूर्वका ४८४ सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य आजदेखि सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट शुभारम्भ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेल, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बांस्तोला, भारतीय सीमा सुरक्षा बल ४१ बटालियनका नविनकुमार रायले सोमबार बिहान एक संक्षिप्त कार्यक्रमका बीच ९१/१ पिलरको रंगरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गर्नु भएको हो ।

कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीसम्मका बिजोर नम्बर पिलरहरूको मर्मत सम्भार र रंगरोगनको कार्य झापाबाट सुरुवात गरिएको सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेलले बताउनु भयो।

झापामा साना, मझौला र ठुला गरी ३ सय १७ सीमा पिलरको मर्मत सम्भार र रंगरोगन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिनुभयो। त्यस्तै मोरङमा ३४ र सुनसरीमा १ स ३३ गरी ४ सय ८४ पीलरको मर्मत सम्भार र रंगरोगन गरिने जनाइएको छ ।

यता सीमा पिलर मर्मत सम्भार र रंगरोगन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक दीपक भारती, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर