Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा वीरता रिडर्स
सोमवार, मंसिर १८, २०८०
बिर्तामोड । साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले गठन गरिएको समितिको संयोजकमा लेखक तीर्थ सिग्देल रहेका छन् ।
बिर्तामोडमा सोमबार अध्ययनमा रुची राख्नेहरुको सो भेलाले वीरता रिडर्सको सहसंयोजकमा केशव मैनालीलाई चयन गरेको छ । जसका सदस्यहरुमा टिएन (दिपक) वाग्ले, राधिका विष्ट, एकराज प्रधान, दिपेन लिम्बू, सकुन्तला बेघा, तिलक गजमेर, विवेक योङहाङ, सुरज बम्जन, राज कनत्रमणि, र तीर्थराज नेपाल रहेका छन् ।
यो संस्थाले लेखन तथा साहित्य क्षेत्रको विकासका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रकाशन गृहसँग सहकार्य, लेखकहरुसँग सम्वाद, साहित्यिक उत्सव लगायतका गतिविधि गर्ने उद्देश्य रहेको बताइएको छ । प्रकाशन गृह तथा लेखकहरुसँगको सम्वाद तथा अन्तरक्रियामार्फत् समीक्षा तथा प्रचारप्रसारको कार्य समेत गर्ने जनाइएको छ ।