Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा लिगमा आजदेखि नकआउट चरणका खेलहरु हुँदै
मङ्गलवार, मंसिर १९, २०८०
भद्रपुर ।झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजबाट नकआउट चरणका खेलहरू सुरु हुने भएका छन् ।
नकआउट चरणमा आठवटा पालिका पुगेका छन् । नकआउट चरणका खेलहरू क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् ।
खेल तालिका अनुसार पहिलो क्वार्टर फाइनल खेल आज बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल आजै झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।
लिग चरणमा एउटा समूहबाट विजेता र उपविजेता हुँदै टिम नकआउटमा प्रवेश गरेका हुन् । समूह क बाट बुद्धशान्ति र बिर्तामोड, समूह ख बाट झापा र गौरादह, समूह ग बाट मेचीनगर र भद्रपुर तथा समूह घ बाट अर्जुनधारा र शिवसताक्षी क्रमशः विजेता र उपविजेता बन्दै क्वार्टर फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।