Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सभामुख देवराज घिमिरेको निर्देशन
बुधवार, मंसिर २०, २०८०
बिर्तामोड । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पछिल्लो समयमा झापासहित पूर्वी नेपालमा जङ्गली हात्तीका कारण भएको समस्या सामधानका लागि चासो राख्नुभएको छ। गृह जिल्ला झापा आउनुभएका सभामुख घिमिरेले बुधबार बिहान निजी निवास झापाको बिर्तामोडमा राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारीहरुलाई हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो।
कोषको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतम, संरक्षण अधिकृत गोविन्द पोखरेलसहितले समस्या र समाधानको उपायको विषयमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । झापासहित पूर्वी नेपालमा देखिएको जङ्गली हात्ती नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न सभामुख घिमिरेले कोषलाई निर्देशन दिनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
सभामुख घिमिरेले कोषलाई स्थानीय तह र सरोकारवाला अन्य निकायसँग पनि समन्वय गर्न निर्देशन दिनुभएको छ । कोषले गर्दै आएका गतिविधिको विषयमा पनि जानकारी गराइएको थियो ।दुई साताको अवधिमा झापामा २ सहित पूर्वी नेपालमा ४ जनाको हात्तीको आक्रमणबाट ज्यान गएको छ । दर्जनौं घर भत्काएको र लाखौं मूल्य बराबरको खाद्यान्न नष्ट गरेको बताइएको छ ।
मङ्गलवार सभामुख घिमिरेको उपस्थितिमा भएको कार्यालय प्रमुखहरुको छलफलमा पनि झापामा पछिल्लो समयमा हात्तीको आतङ्क र त्राससँगै क्षति बढ्दै गएको विषयमा कुरा उठेको थियो ।