शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

‘लैंगिक हिंसाको अवस्था,प्रकृति र कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया सम्पन्न

शुक्रवार, मंसिर २२, २०८०

नारी सञ्चार गृह झापाको आयोजनामा आज (शुक्रबार) लैंगिक हिंसाको अवस्था,प्रकृति र कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ६ ले आर्थिक सहयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायक निरीक्षक सुवास मिश्रले लैंगिक हिंसाको अवस्था र प्रकृति विषयमा सहजिकरण गर्नु भएको कार्यक्रममा लैंगिक हिंसाको कानुनी व्यवस्थाका सन्दर्भमा अधिवत्ता लक्ष्मी खनालले प्रशिक्षण गर्नुभएको थियो।
कार्यक्रममा सहजकर्ता मिश्रले झापामा किशोर अवस्थामा हुने गरेका लैंगिक हिंसाको अवस्थाको विश्लेषणात्मक तथ्यांक प्रस्तुत गर्नु भएको थियो । उहाँले बढ्दो सामाजिक सञ्जालको प्रयोगसगैँ अहिले कोहि सुरक्षित नभएको बताउनुभयो। सामान्य विषयमा ध्यान नदिंदा ठुलाठुला अपराध हुने जानकारी गराउंदै विद्यार्थीहरुलाई सचेत भएर सञ्जालको प्रयोग गर्न आग्रह समेत गर्नु भयो ।
त्यसैगरी अधिवत्ता खनालले विभिन्न प्रकृतिका लैंगिक हिंसामा कस्तो कानुनी व्यवस्था रहेको छ भनेर अहिले समाजमा घटिरहेका लैंगिक हिंसाका घटनाको उदाहरण सहित कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

बिर्तामोड नगरपालिका ६ नं.वडा सदस्य गिता शर्मा रेग्मीको प्रमुख आथित्यतामा आजको कार्यक्रमम विशिष्ट अतिथि सरस्वति मा.वि.का प्रधानाध्यापक दिपक लुइँटेल, वडा सदस्य जीवन बास्कोटा, संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल पुर्व अध्यक्ष अम्बिका भण्डारी, निर्वतमान अध्यक्ष भिमा सिवाकोटीको लगायतको उपस्थिति रहेको थियो ।
सरस्वति मा.वि.बुट्टाबारीको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सुरक्षित महिनावारी दिवसको अवसरमा विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी जानकारी गराउनु भयो ।
कार्यक्रम संयोजक टिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव जोश्ना श्रेष्ठ गर्नु भएको थियो ।
कार्यक्रममा ९४ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागिका तर्फबाट लाक्पा डोल्मा तामाङ र अनिस श्रेष्ठले कार्यक्रमको समिक्षा गर्नु भएको थियो ।

सम्बन्धित खबर