Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडको पोलमा रहेका अव्यवस्थित तार हटाउन सुरु
शुक्रवार, मंसिर २२, २०८०
झापा । बिर्तामोडमा ईन्टरनेटका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ ।
बिजुलीको पोलमा जथाभावीरुपमा रहेका तार व्यवस्थित गर्न नगरपालिकाले पटक पटक सूचना जारी गर्दापनि वेवास्था भएपछि वडा नम्बर ५ ले हटाउन सुरु गरेको हो ।
आज शनिस्चरे रोड स्थित पुरानो एभरेष्ट बैंक अगाडि रहेको पोलको टिभी केवल तार र नेपाल टेलिकम लगायत विभिन्न ईन्टरनेट कम्पनीका तार काटिएको छ ।
नगरपालिकाले २०७९ साल पौष २० गते टिभी केवल तथा ईन्टरनेटका तार व्यवस्थापनका लागि ३५ दिने सूचना जारी गरेको थियो ।बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पटक पटक छलफल गर्दा पनि व्यवस्थापन गर्न नमानेपछि हटाउन थालिएको बताउनु भयो ।उहांले आईतबारदेखि सबै क्षेत्रमा काट्नेसमेत जानकारी गराउनु भएको छ ।
बिर्तामोडका मुख्य सडकमा रहेका बिजुलीको पोलमा अव्यवस्थित रुपमा राखिएको टिभी केवल, टेलिफोन र ईन्टरनेटका तारले बजारनै कुरुप देखिनुकासाथै आगोलागीका घटनासमेत हुंदै आएको छ ।