शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रथम किराँत गोल्डकप : बिर्ता युनाटेड झापालाई हराउँदै डाँगीहाट मोरङले जित्यो उपाधी

शनिवार, मंसिर २३, २०८०

‘प्रथम किरात गोल्डकप–२०८०’ को उपाधि डाँगीहाट फुटबल क्लब मोरङले जितेको छ । फिदिम माध्यमिक खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्ता युनाटेड क्लब झापालाई १–२ गोल अन्तरले पराजित गर्दै मोरङ किरात गोल्डकपको विजेता बनेको हो ।

मोरङका तर्फबाट सञ्जय धिमाल र उमेश राईले १–१ गोल गरे । उपविजेता झापाका तर्फबाट योगेश गुरुङले मात्रै १ गोल गरे । मोरङका सञ्जय धिमालले खेल सुरु भएको १० औं मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए भने दोस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा थपेका थिए । झापाका तर्फबाट दोस्रो हाफपछिको अतिरिक्त समयमा १ गोल गर्दै गुरुङले टिमको खाता खोले ।

खेलमा बिर्ता युनाइटेडका प्रदीप बुढाथोकी म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । यस्तै मोरङका सञ्जय धिमाल सर्वाधिक गोलकर्ता, अभिषेक लिम्बू सर्वोत्कृष्ट खेलाडी, मानबहादुर परियार उत्कृष्ट डिफेन्स, प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर, उमेश कार्की उत्कृष्ट मिडफिल्डर र राज लिम्बूले वेस्ट कोचको पुरस्कार पाए । आयोजक पाँचथर फुटबल क्लबका शुकराज राई उदीयमान खेलाडी घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भए ।

विजेता मोरङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता झापाले २ लाख २ हजार २ सय २२ रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु प¥यो । विजेता र उपविजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री कमल जबेगू र फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे । मङ्सिर १६ गते शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको ए डिभिजन क्लब हिमालयन शेर्पा र भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङसहित ८ टिमले सहभागिता जनाएका थिए ।

 
सम्बन्धित खबर