शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापा लिग : फाइनल खेल आज, उपाधिको लागि वुद्धशान्ति र अर्जुनधारा भिडदै

आइतवार, मंसिर २४, २०८०

झापाको वुद्धशान्ति र अर्जुनधाराले आज भद्रपुरको मेची रंगशालामा जारी प्रथम जिल्ला स्तरीय ओमसाइ पाथीभरा हस्पिटल फुटबल प्रतियोगितामा उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन ।

शुक्रवार भएको सेमिफाइनलमा वुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकालाइ हराएर फाइनलमा यात्रा तय गरेको हो भने अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

झापाका पालिकाहरुको पहिलो लिग तथा नकआउट प्रतियोगितामा जिल्लाका १४ पालिका र आयोजक भद्रपुर झापा गोल्डकपको भद्रपुर ब्लेजर्स गरी १५ वटा टिमको सहभागिता रहेको थियो ।

विजेताले ३ लाख र उपविजेताले २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।

सम्बन्धित खबर