शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

सेयर बजारमा ‘पोजेटिभ सर्किट’

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नै सेयर बजारमा 'पोजेटिभ सर्किट' लागेर बजार बन्द भएको छ । ६ प्रतिशत बजार बढोत्तरीसँगै आइतबारका लागि बजार बन्द भएको हो ।

यसअघि सन् २०२१ डिसेम्बर २१ मा बजारमा सर्किट लागेको थियो ।धेरै लामो प्रतीक्षापछि नेपाली सेयर लगानीकर्ताहरुले सेयर बजारमा सर्किट देखेका हुन् ।

मौद्रिक नीतिको समिक्षामा सेयर धितो कर्जामा राष्ट्र बैंकले लचकता देखाएपछि र ब्याजदर पुनः घट्ने निश्चित देखिएपछि बजारमा लगानीकर्ताको सकारात्मक माहोल देखिएको हो ।

सम्बन्धित खबर