शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

ढुवानी व्यवसायी निर्मल खत्री सामाजिक सेवाको लागि रकम संकलन गर्दै

मङ्गलवार, मंसिर २६, २०८०

झापा बिर्तामोडका ढुवानी व्यवसायी निर्मल खत्रीले सामाजिक सेवाको लागि बचत संकलन गर्दै आउनु भएको छ ।
वडा नम्बर ५ शितल मार्केट स्थित भृकुटीरोडमा कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रा.लिका सन्चालक खत्रीले बिगत १५ दिनदेखि बाकस राखेर बचत संकलन गर्दै आउनु भएको हो । यस बाकसमा कर्मचारीहरुले आफ्नो दैनिक खर्चबाट थोरै भएपनि रकम जम्मा गर्ने गरेका छन् । बाकसमा हाल दैनिक १ हजार रुपैयां बचत हुंदै आएको छ ।

रकम संकलन हुंदै आएको बाकस आगामी दशैं अगाडी खोलिने खत्रीले जानकारी दिनुभयो । उहांले त्यसबेला सम्ममा कम्तिमा ४ लाख रुपैयां संकलन गरिने र त्यो रकम सामाजिक कार्यमा खर्च गरिने बताउनु भयो ।

उक्त रकम दृष्टिबिहिन, अपांगता भएका व्यक्ति, गरिब, अनाथ, वृद्धा आश्रम र दुखीहरुको क्षेत्रमा खर्च गरिने जनाईएको छ ।

बाकस स्थापनाको समयमा २५ जना ट्रक चालकहरुले प्रति व्यक्ति ५ सय रुपैयांको दरले रकम संकलन गरेर जम्मा गरेका थिए ।पूर्वेली ढुवानी सेवा प्रा.लिमा अहिले ५४ जना कार्यरत छन् ।

सम्बन्धित खबर