Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ढुवानी व्यवसायी निर्मल खत्री सामाजिक सेवाको लागि रकम संकलन गर्दै
मङ्गलवार, मंसिर २६, २०८०
झापा बिर्तामोडका ढुवानी व्यवसायी निर्मल खत्रीले सामाजिक सेवाको लागि बचत संकलन गर्दै आउनु भएको छ ।
वडा नम्बर ५ शितल मार्केट स्थित भृकुटीरोडमा कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रा.लिका सन्चालक खत्रीले बिगत १५ दिनदेखि बाकस राखेर बचत संकलन गर्दै आउनु भएको हो । यस बाकसमा कर्मचारीहरुले आफ्नो दैनिक खर्चबाट थोरै भएपनि रकम जम्मा गर्ने गरेका छन् । बाकसमा हाल दैनिक १ हजार रुपैयां बचत हुंदै आएको छ ।
रकम संकलन हुंदै आएको बाकस आगामी दशैं अगाडी खोलिने खत्रीले जानकारी दिनुभयो । उहांले त्यसबेला सम्ममा कम्तिमा ४ लाख रुपैयां संकलन गरिने र त्यो रकम सामाजिक कार्यमा खर्च गरिने बताउनु भयो ।
उक्त रकम दृष्टिबिहिन, अपांगता भएका व्यक्ति, गरिब, अनाथ, वृद्धा आश्रम र दुखीहरुको क्षेत्रमा खर्च गरिने जनाईएको छ ।
बाकस स्थापनाको समयमा २५ जना ट्रक चालकहरुले प्रति व्यक्ति ५ सय रुपैयांको दरले रकम संकलन गरेर जम्मा गरेका थिए ।पूर्वेली ढुवानी सेवा प्रा.लिमा अहिले ५४ जना कार्यरत छन् ।