शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

एनएसएलमा झापाको पहिलो जित, लुम्बिनी १–० गोलले पराजित

मङ्गलवार, मंसिर २६, २०८०

काठमाण्डौ। नेपाल सुपर लिग (एनएसएल) मा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ ।

आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटब क्लबलाई १–० गोलले हरायो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो । झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै झापा पाँच खेलमा छ अङ्कका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो । पराजित बुटवल लुम्बिनी छ खेलमा सात अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि दुई जित, दुई हार र एक बराबरी खेलेको थियो ।

सम्बन्धित खबर