Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
पत्रकार बास्तोलालाई ज्यानमार्ने धम्की दिनेलाई कारबाहीको माग
मङ्गलवार, मंसिर २६, २०८०
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका सदस्य तथा बिर्तामोड झापा डटकम अनलाईन न्यूज पोर्टलका सञ्चालक टिकाराम बास्तोलालाई ज्यानमार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केहि दिन अघि पत्रकार बास्तोलाले बाह्रखरी अनलाईनमा प्रकाशित ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शिर्षकको समाचार साभार गरेर बिर्तामोड झापा डटकममा प्रकाशित गरी फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए । उक्त समाचारको बिषयलाई लिएर समाचारमा उल्लेखित अञ्जेस गिरीका बाबु गणेश गिरीलगायत परिवारका अन्य सदस्यहरुले अश्लिल गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटना अत्यन्त निन्दनीय भएको उनीहरुले विज्ञप्तिमार्फत जनाएका छन् ।
समाचारमा चित्त नबुझे कानुनी उपचारमा जान सकिने भन्दै स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन उनीहरुले माग गरेका छन् ।