शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

नेपाल सुपर लिग : वीरगञ्ज युनाइटेड एफसीको पहिलो जित

बुधवार, मंसिर २७, २०८०

काठमाण्डौं ।  नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ ।

आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलले हरायो । इन्ज्युरी समयको आठौं मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएको हो।

खेलको पहिलो हाफ एक–एक गालको बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा आशिष चापागाईँको  गोलमा इलामले अग्रता लिएको थियो । खेलको ३३ औँ मिनेटमा वीरगञ्जका भिसोन गुरुङले गोल गर्दै खेल एक–एक गालको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको आठौं मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताए ।

यो जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जोडेको छ । छ खेल खेलेको इलामको चार अङ्क छ ।

सम्बन्धित खबर