शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राई पक्राउ

सोमवार, पौष २, २०८०

बिर्तामोड, पौष २ । ईलामको रोङ गाउंपालिका ४ किटेनी स्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राई पक्राउ परेका छन् ।

बुद्धशान्ति ४ का राईलाई जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आज अर्जुनधारा ११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

राई प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बताईएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अबज्ञा गरेको भन्दै शनिबार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाम लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर