Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राई पक्राउ
सोमवार, पौष २, २०८०
बिर्तामोड, पौष २ । ईलामको रोङ गाउंपालिका ४ किटेनी स्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राई पक्राउ परेका छन् ।
बुद्धशान्ति ४ का राईलाई जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आज अर्जुनधारा ११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
राई प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बताईएको छ ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अबज्ञा गरेको भन्दै शनिबार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो ।
पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाम लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।