शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

पहाडबाट तराईतिरको बसाइँसराई नरोके देशमा जटिल परिस्थिति निम्तिन्छ : वरिष्ठ उपाध्यक्ष पोख्रेल

सोमवार, पौष २, २०८०

बिर्तामोड,पौष २ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पहाडबाट तराईतिरको बसाइँसराई नरोके देशमा जटिल परिस्थिति निम्तिने बताउनु भएको छ ।

नेकपा एमालेको समृद्धि यात्राको समापनपछि काठमाडौँ जाने क्रममा झापाको बिर्तामोडमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पहाडमा भौतिक सुविधा पुगे पनि सर्वसाधारणको बसाइँसराई झन् बढेकाले त्यसलाई नरोके जटिल परिस्थिति निम्तिने सम्भावना औंल्याउनु भयो । त्यसको अध्ययनका लागि पनि एमालेले मध्यपहाडको यात्रा तय गरेको उहाँको भनाइ थियो ।

यात्राका क्रममा मध्यपहाडको विकास र त्यहाँका मानिसहरूको विचार आफूहरूले राम्रोसँग बुझेको नेता पोखरेलले बताउनु भयो । मध्यपहाडका जनताले कृषि उत्पादनको बजारीकरण, कृषिमा अनुदान तथा रोजगारीका अवसर मुख्य माग राखेको उहाँले बताउनु भयो ।


अर्को एक प्रसंगमा उहाँले कोशी प्रदेश नामकरणविरुद्धमा गरिएको आन्दोलन एमालेलक्षित भएकोमा आश्चर्य प्रकट गर्नु भयो । उहाँले प्रदेश सभाको विधिबाट निस्किएको नामकरणको मुद्दा प्रदेश सभामै पुगेर सुल्झिनु पर्ने धारणा राख्नु भयो । विधि र पद्धतिविपरीत एमालेले कुनै पनि काम नगर्ने पोख्रेलको भनाई छ ।

सम्बन्धित खबर