Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
टेलिकमका मोबाइल प्रयोगकर्ताले अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने
सोमवार, पौष २, २०८०
काठमाडौ । नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड प्रयोगगकर्ताले रु. १०० को रिचार्जमा पनि डेटा बोनस पाउने भएका छन् । विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पाइने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत रु. १०० देखि १९९ को रिचार्ज गर्दा एक दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी र रु. ५०० वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले चार दिनका लागि ८ जीबी डेटा बोनसको रुपमा उपलब्ध हुनेछ ।
त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।