Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम
मङ्गलवार, पौष ३, २०८०
किमाथाङ्का (सङ्खुवासभा) ३ पुस : सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो ।
कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
तस्करले सवारीसाधनबाट नयाँ–नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले त्यसलाई रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइने उहाँको भनाइ छ ।
चोरी तस्करीका घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई सवारी खानतलासी तालिम आवश्यक भएको उहाँले बताउनुभयो । सवारीसाधनमार्फत अवैध सामग्री ओसारपसारका बारेमा प्रहरी ज्ञान, सीप नहुँदा प्रहरीको सवारीजाँच प्रभावकारी नहुने भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी तालिम आवश्यक भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
गत आइतबारदेखि सुरु भएको सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम बिहीबार सम्पन्न हुनेछ । तालिममा जिल्लाभरका एक सय प्रहरी सहभागी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मनराम मोटर्सको आयोजनामा तालिम आयोजना भएको हो ।