शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

चिसोले कठाङ्ग्रिएर झापामा एक महिलाको मृत्यु

मङ्गलवार, पौष ३, २०८०

झापामा चिसोले कठाङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा रहेको जनाइएको छ । मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर बेहोस भएकी ती महिलालाई बेवारिसे अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

मागेर हिँडिरहेकी अन्दाजी ३० वर्षीया ती महिला केही दिनदेखि धाइजन ढाँट आसपास चिसोमा हिँडिरहेको स्थानीयले देखेका थिए । वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग ती महिलाको उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो । 

सम्बन्धित खबर