शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु

बुधवार, पौष ४, २०८०

झापा, पुष ४ । थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ ।
आज बिहान करिव ५ बजेतिर झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो । चन्द्रदेव राजवंशीको प्र१–०१–००१त८०९२ नं को ट्रयाक्टरबाट टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए ।

थ्रेसरमा परेर उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।घटनापछि चालक फरार रहेको बताइएको छ ।

सम्बन्धित खबर