शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

हात्तीको आक्रमणबाट हल्दीबारीका पाथल राजवंशीको मृत्यु

बुधवार, पौष ४, २०८०

बिर्तामोड, ०४ पुस । हल्दीबारी गाउँपालिका २ नं. वडा कार्यालय, हल्दीबारीका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।ऊनी बिहान देखि बेपत्ता भएपछि खोजविन शुरु गरिएको थियो । उनलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, डिभिजन बन कार्यालय र स्थानीय प्रहरी चौकीबाट अनुसन्धान भइरहेको र आवस्यक प्रक्रिया पूरा गरि उनको शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने जनाएको छ ।

सम्बन्धित खबर