Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेपाल सुपर लिग फुटबलः झापाले धनगढीलाई हरायो
बुधवार, पौष ४, २०८०
काठमाडौँ, ४ पुस । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।
दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले छिरिङ लामाको क्रसमा हेड गरेर गोल गरेका थिए । त्यसैगरी खेलको ७७औँ मिनेटमा झापाका समिराजले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
खेलको ७९औँ मिनेटमा झापा १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएसँगै झापा १० खेलाडीमा समिति बनेको हो ।
यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ ।