शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाल सुपर लिग फुटबलः झापाले धनगढीलाई हरायो

बुधवार, पौष ४, २०८०

काठमाडौँ, ४ पुस । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले छिरिङ लामाको क्रसमा हेड गरेर गोल गरेका थिए । त्यसैगरी खेलको ७७औँ मिनेटमा झापाका समिराजले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

खेलको ७९औँ मिनेटमा झापा १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएसँगै झापा १० खेलाडीमा समिति बनेको हो ।

यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ ।

सम्बन्धित खबर