Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पहिचानबादीको चेतावनी : पाण्डप लाल चौधरी र बुलेट किराँती रिहाइ नभए कडा आन्दोलन गर्ने
बुधवार, पौष ४, २०८०
बिर्तामोड, ०४ पुस । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति झापाले सरकारसंग पाण्डप लाल चौधरी र बुलेट किराँती भन्ने अन्जेश राई रिहाईको माग गरेको छ ।
समितिले आज (बुधबार) प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका चौधरी र पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा पक्राउ परेका राईको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउंदै रिहाईको माग गरेको हो ।विज्ञप्तिमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाका अध्यक्ष चौधरी र बुद्धशान्ति गाउँ कमिटी संयोजक राईलाइ पक्राउ गरेर लोकतन्त्रको मान्यता विपरीत कार्य गरेको उल्लेख गरिएको छ ।
सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने आन्दोलनकारीलाई झुटा मुद्दा लगाइ हतोत्साहित गरेको भन्दै यो कार्य निन्दनीय रहेकोले उनीहरुको अविलम्ब रिहाइ गर्न माग गरिएको छ। समितिले पक्राउ परेकाहरु रिहाइ नभए कडा आन्दोलन गर्ने चतावनीसमेत दिएको छ ।
चौधरी मंसिर २६ गते अर्जुनधारा ८ स्थित आफ्नै घरबाट र राई पुस २ गते बिर्तामोड वसपार्कबाट पक्राउ परेका थिए ।