बिहिवार, जेठ १०, २०८१
NayaPaper | अनलाइन पत्रिका

कर्णाली साकोसको शेयर पूँजी ४९ करोड नजिक

बिहिवार, पौष ५, २०८०

बिर्तामोड, ०५ पुस । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ४८ करोड ८० लाख २१ हजार सात सय रुपैँया पुगेको छ । २०५७ सालमा ५३ हजार सात सय रुपैँया शेयर पूँजीबाट सहकारीले कारोबार शुरु गरेको थियो ।

कर्णाली साकोसले बुधबार बिर्तामोडको आदर्श व्याङ्क्वेटमा २४औँ स्थापना दिवस तथा २३औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सार्वजनिक गरेको बार्षिक प्रगती प्रतिवेदनमा २६ जना शेयर सदस्यबाट कारोबार शुरु भएको संस्थामा हाल ५०७१६ जना शेयर सदस्य रहेको उल्लेख छ ।

कर्णालीले इलामको ४, झापाको १५ र मोरङको ७ गरी २६ पालिकामा ४१ वटा सेवाकेन्द्रमार्फत कारोबार गरिरहेको छ । साकोसले ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने, १ लाख सदस्य पुर्याउने, सेवा केन्द्र विस्तार गरेर ६० वटा पुर्याउने, शेयर पूँजी १ अर्ब पुर्याउने भिजन २०९० प्रक्षेपण गरेको छ ।
कर्णालीले गत आवमा ४ अर्ब ३६ करोड २१ लाख ७ हजार २०४ रुपैँयाको वासलात तयार पार्दा ९ करोड ११ लाख ५० हजार ६०९ रुपैँया खुद नाफा आर्जन गरेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिनुभयो ।

कर्णालीले १० वटा शिर्षकमा बचत कारोबार सञ्चालन गरेको छ भने ९ वटा फरक क्षेत्रमा ऋण लगानी गरिरहेको छ । कोशी प्रदेशका सांसद एकराज कार्कीले साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।

सम्बन्धित खबर