आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने

मङ्गलवार, मंसिर २७, २०७९

चितवन ।  नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलवार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना गाडीलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी गाडीलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छ ।

काठमाण्डाैतर्फबाट आउने यात्रुवाहक गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक गाडीलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १० बजेर ५५ मिनेटदेखि रोकिने भएको छ । यस्तै काठमाण्डाैतर्फबाट आउने मालवाहक गाडीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान १० बजेर ४५ मिनेटदेखि रोक्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरि छोड्ने निर्णय गरेको छ । यस्तै पोखरा–काठमाण्डाै सञ्चालन हुने गाडी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधन, स्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँ–ठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

सम्बन्धित खबर