शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रधानमन्त्री दाहालले आज ‘विराट एक्स्पो’को उद्घाटन गर्ने

शुक्रवार, पौष ६, २०८०

काठमाडौं,०६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराटनगमा ‘विराट एक्स्पो’ उद्घाटन गर्ने हुनु भएको छ ।
उद्घाटनअघि बिहान १० बजे प्रधानमन्त्री दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नुहुनेछ ।

मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।

सम्बन्धित खबर