काठमाडौं, ६ पुस । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमागोली प्रहारबाट गरि १४ जनाको हत्या गरिएको छ । गोलीकाण्डमा २५जनाभन्दा धेरै घाइते भएका छन् । जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षानिकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको कारण बारे केही खुलाइएको छैन । थप अनुसन्धान भइरहेकोसुरक्षा अधिकारीले जनाएका छन् ।
चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएकोगोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् ।