काठमाडौं । मोरङको बिराटचोक र झापाको दमकमा रहेको तीन तारे होटल ‘नेपालीरिका’ होटलले क्यासिनो सञ्चालन गर्ने भएको छ । भारतीय पर्यटकलाई लक्षित गरी होटेलले बिराटचोकमा क्यासिनो थप गर्न लागेको हो । बिराटचोकको नेपालीरिका बिराटनगरबाट जम्मा २० किलोमिटरको दूरीमा छ ।
सन् २०२१ देखि सञ्चालनमा आएको होटेलले क्यासिनोसहित कोठा पनि थप्ने भएको छ । ८३ वटा कोठालाई थप गरेर १९२ बनाउन लागिएको हो । एउटा कोठा निर्माण गर्न ५८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । क्षमता विस्तारका लागि होटेलको कूल लागत पनि बढेर १ अर्ब १३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
एक विघाह क्षेत्रफलबाट शुरु भएको होटेलले क्षमता विस्ताका लागि थप १० कठ्ठा जमिन किनेको होटलका लगानीकर्ता कृष्ण दुलालले बताउनु भयो ।