सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

धाननाच पुस्तान्तरण गर्न प्रतियोगिता

शुक्रवार, पौष ६, २०८०

फुङ्लिङ (ताप्लेजुङ), ६ पुस । लिम्बू समुदायको लोकप्रिय धाननाच लोप हुंदै गएपछि पछिल्लो युवापुस्ता संरक्षणमा जुट्न थालेका छन् । आफ्नो मौलिक संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नाच प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आगामी चासोक ताङनाम पर्वको अवसरमा ताप्लेजुङमा धाननाच प्रतियोगिता हुने भएको छ । आउँदो पुस १० गते प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । विगतमा गाउँमा मेला पर्वहरुमा धाननाच विस्तारै हराउँदै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिता गर्न लागिएको चासोक तङनाम सञ्चालक समितिका अध्यक्ष चन्द्र थेपेले बताउनुभयो । उहाँका अनुसार यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाई सामूहिकरूपमा नाच्ने गरिन्छ ।

लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । साइनो सम्बन्ध नभएका युवायुवती धाननाचमा सरिक हुने भए पनि वृद्धवृद्धा पनि उत्तिकै सौहार्दताका साथ नाचमा सरिक हुन्छन् ।

प्रतियोगितामा प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु दश हजार र तेस्रोलाई रु पाँच हजार दिइने आयोजक समितिका सचिव दिनेश लिङखिमले बताउनुभयो । लिम्बू जातिको साँझा संस्था याक्थुङचुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङबोका अनुसार धाननाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गरिन्छ ।

नाच्नुभन्दा अघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । उहाँले भन्नुभयो, “धाननाच अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलबस टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।”

धाननाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धाननाच अहिले ‘खला’बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुन पुगेको समितिका सहसचिव अनिता पन्दाकले बताउनुभयो । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा हराउँदै गएकाले धाननाचको प्रवद्र्धन तथा संरक्षण गर्दै पुस्तान्तरण गर्नका लागि प्रतियोगिता गर्नुपरेको उहाँको भनाइ थियो ।

नाच्दा पालाम ९एक प्रकारको छन्दबद्ध गीत० गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरणमा गाइन्छ । पालाममा सृष्टिको उत्पत्ति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । धाननाचको उत्पत्तिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको कुरा उल्लेख छ ।

मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसले नयाँ जुक्ति निकालेर पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा हा ।’ भन्दै धान कुल्चन थाले । चराहरू पर भागे । यसरी धाननाच हुन गएको यसका जानकार भनाइ थियो ।

पूर्वका लिम्बू बाहुल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायत जिल्लामा लिम्बू समुदायको बसोबास भएको स्थानमा धाननाच गरिन्छ । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवापुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचिका कारण धाननाच पनि लोप हुंदै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिता गर्नुपरेको जनाएको छ ।

सम्बन्धित खबर