शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकियो, अध्यक्ष पदमा अर्जुन मैनाली उम्मेदवार

शुक्रवार, पौष ६, २०८०

बिर्तामोड, ०६ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुन कुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ । झापाका स्थापित व्यवसायी मैनालीले यसअघि महासचिव पदमा विजयी हासिल गर्नु भएको थियो ।
मैनालीलाई अध्यक्षका रुपमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले समेत आफ्नो औपचारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । नगर पार्टीको विस्तारित भेलाले मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
बिर्तामोडको व्यवसायिक वृत्तमा लोकप्रिय मानिएका मैनालीले स्वतन्त्र व्यवसायिक प्यानल बनाएर व्यवसायीको साझा उम्मेदवार बन्ने जनाएका छन् । उनले सबै व्यवसायीहरुलाई विस्तारित भेलामा सहभागी हुन आव्हान समेत गरेका छन् ।
अध्यक्षमा मैनालीले उम्मेदवारी दिने चर्चासँगै बिर्तामोडका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुदैछ ।

सम्बन्धित खबर